४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

सुनकोशीमा बेपत्ता बालबालिका खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

१२ चैत, काठमाडौं । होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा बेपत्ता भएका बालबालिको खोजी सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ ।

आइतबार उदयपुर त्रियुगा नगरपालिका-१४ ढाप्लाङस्थित सुनकोशी नदीमा तीन जना बालबालिका बेपत्ता भएका थिए ।

आइतबार साँझ अबेरसम्म सशस्त्र प्रहरी बल नं. ५ त्रियुगा गण उदयपुरले खोजतलास गरे पनि फेला नपरेपछि आज बिहान कोशी प्रदेश स्थित नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर परिचालन गरिएको हो ।

सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा ९ जना गोताखोरसहितको फौज परिचालन गरी खोजी कार्य सुरु गरिएको सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्