४ आश्विन २०८१, शुक्रबार
खेलकुद समाचार समाज

नेपालले टस हार्‍यो, विवेक र अनिल बेन्चमा

१२ चैत, काठमाडौं । नेपालले पहिलो टी२० अभ्यास खेलमा आयरल्यान्ड ए (वल्भ्सविवरुद्ध) टस गरेर पहिला बलिङ गर्ने भएको छ । टीयू क्रिकेट मैदानमा भर्खर सम्पन्न टसमा आयरल्यान्डका कप्तान निल रकले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले आजको खेलमा प्रतिश जि.सी, विवेक यादव, अनिल कुमार शाह र आकाश चन्दलाई बेन्चमा राखेको छ ।

नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ । त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ ।नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी–२० र एकदिवसीय अभ्यास खेल हुनेछन् ।

आयरल्यान्डको सिनियर टोलीबाट खेलेका ९ खेलाडी यस टोलीमा छन् । सिनियर टोलीका पिटर मुर, ग्यारेथ डेलानी र बेन ह्वाइट जस्ता स्टार खेलाडी आयरल्यान्डका मुख्य हतियार हुन् ।

नेपालको प्लेइङ ११ :

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी र अभिनाश बो

प्रतिक्रिया दिनुहोस्