३ आश्विन २०८१, बिहीबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

म्याच फिक्सिङमा महबुब आलम र आदिल अन्सारीले पाए सफाइ

१२ चैत, काठमाडौं । जिल्ला अदालत काठमाडौंले अलराउन्डर आदिल अन्सारी र राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनालाई सफाइ दिएको छ ।

न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले उनीहरुसहित ५ जनामाथि स्पट फिक्सिङको दाबी नपुगेको भन्दै सफाइ दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

उनीहरुलाई गत वर्ष काठमाडौंमा भएको नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्