मुखबाट ६ मिनेटसम्म लगातार पानी फ्याँकेर विश्व कीर्तिमान (भिडियो)
काठमाडौं । चीनका एकजना ३५ वर्षीय युवाले लगातार ६ मिनेटसम्म मुखबाट पानीको धारा बगाएर विश्व कीर्तिमान कायम गरेका छन् । योसँगै मा हुइ नामका ती पुरुषले सबैभन्दा लामो समयसम्म मुखबाट पानी बगाएर गिनिज बुकमा नाम लेखाएका हुन् ।
मा हुँइले यतिधेरै लामो समयसम्म मुखबाट पानीको धारा बगाए कि उनको त्यो समय यसअघिको रेकर्ड भन्दा करिब ६ गुणा लामो हो ।
यसअघि यो विधामा इथियोपियाका किरुबेल यिल्माको नाममा विश्व कीर्तिमान थियो र उनले ५६.३६ सेकेण्डसम्म मुखबाट पानी फ्याँकेर विश्व कीर्तिमान कायम गरेका थिए । जबकि मा हुइले ५ मिनेट ५१.८८ सेकेण्डसम्म मुखबाट पानीको धारा फ्याँके ।
यस्तो कीर्तिमान कायम गर्नका लागि मा ले साढे ४ लिटर पानी पिएका थिए । त्यसरी पिएको पानीलाई उनले बिस्तारै उघ्राउँदै मुखबाट बाहिर फ्याँके र त्यसमा मांशपेशीको अब्बल नियन्त्रण सावित गरे।
हेर्नुहोस् भिडियो :
प्रतिक्रिया दिनुहोस्