६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेसको आरोप : सत्तारुढ दलहरुमा गृहमन्त्रीलाई गुमाउनुपर्ने त्रास देखियो

१९ चैत, काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौत्तमले सत्तारुढ दलहरु गृहमन्त्रीलाई गुमाउनुपर्छ भन्ने त्रासमा रहेको बताएकी छन् ।

सोमबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध जनाए ।

सभामुख देवराज घिमिरेले समय दिएपछि पार्टीका तर्फबाट बोल्दै कांग्रेसकी सांसद प्रतीमा गौतमले सहकारीको बचत हिनामिना गरेको भनी उपप्रधन तथा गृहमन्त्री रवि लामिछाने आरोपित रहेको बताइन् । यस विषयमा आफूहरुले संसदीय छानबिन समिति गठनको माग गर्दा सत्तारुढ दलहरु तयार नहुनु आफैंमा शंकास्पद रहेको बताइन् ।

‘एउटा सहयात्री दलका अध्यक्ष गृहमन्त्रीलाई गुमाउनुपर्छ भन्ने मानसिक पीडमा सरकार देखियो, त्रसित देखियो । हामी बुझ्दछौं-सरकार टिकाउनुपर्ने छ । बाध्यताहरु होलान्,’ सांसद गौतमले भनिन् ।

 

प्रतिक्रिया दिनुहोस्