अण्डाको मूल्य बढ्यो, प्रतिक्रेटको मूल्य ३७५ रूपियाँ
२१ चैत, काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन बिक्री मूल्य निर्धारण गरेको छ । नयाँ समर्थन मूल्य चैत २२ गतेदेखि लागू हुनेछ ।
नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रतिक्रेटको मूल्य ३७५ रूपियाँ तोकिएको छ ।
त्यस्तै, ठूलो अण्डा प्रतिक्रेटको मूल्य ३९० रूपियाँ र एक्सएल अण्डा प्रतिक्रेट ४५० रूपियाँ कायम गरिएको छ। संघले नयाँ समर्थन मूल्य जारी गर्दै त्यसैअनुरूप कारोबार गर्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ ।
इटहरी, धनगढी र काठमाडौंमा चैत १९ देखि २१ सम्म भएको संघको व्यवसायी भेलाले अण्डाको समर्थन बिक्री मूल्य निर्धारण गरेको हो ।
प्रतिक्रिया दिनुहोस्