सूचना प्रविधि क्षेत्रमा लगानी गर्न आग्रह
२२ चैत, काठमाडौं । नेपालमा सूचना प्रविधि उद्योग क्षेत्रमा लगानी र विकासबारे सराेकारवालाहरूले चासाे व्यक्त गरेका छन् ।
बिहीबार काठमाडौंकाे हाेटेल साेल्टीमा आयाेजित टेक पिक नेपाल २०२४ मा उनीहरूले प्रविधि क्षेत्रका विविध आयाममा छलफल र बहस गरिरहेका छन् ।
नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष हेमराज ढकालले नेपालकाे सूचना प्रविधि क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । उनले भने, ‘ नेपालकाे सूचना प्रविधि क्षेत्रमा प्रचुर सम्भावना रहेकाले विदेशी लगानीकर्तालाई लगानी गर्न विशेष आग्रह गर्न चाहन्छु । लगानी गर्नुहाेस् र फाइदा लिनुहाेस् ।’
डेटा सेन्टर राख्नका लागि पनि नेपालकाे तापक्रम उपयुक्त भएकाे बताउँदै उनले यसतर्फ पनि काम गर्नुपर्नेमा जाेड दिए ।
यस्तै सीएनआई आइटी काउन्सिल अध्यक्ष एवं एम चामका संस्थापक अध्यक्ष अजित शाहले नेपालमा सूचना प्रविधि क्षेत्रमा लगानी भित्र्याउन सके ८ औ हिम श्रृंखलापछिकाे नवाै शृङ्खलाकाे रुपमा विश्वमा चिनाउन सक्ने दाबी गरे ।
उनले भने, “नेपाल हिमालय शृङ्खलाहरुकाे देश भनेर मात्रै विश्वभर चिनिरहेकाे छ। तर प्रविधिमा लगानी भए विश्वमा ९ औ शृङ्खलाकाे रूपमा चिनिन सक्छ। यसबारेमा हामी सबैले साेच्नु पर्ने दसन आएकाे छ।’
सूचना प्रविधिले नेपालकाे आर्थिक क्षेलाई उकास्ने गर्ने गरी आधार स्तम्भ बन्न सक्ने उनकाे भनाइ छ ।
कार्यक्रममा प्रविधि क्षेत्रमा लामाे समय काम गरिरहेका विभिन्न कम्पनीका व्यक्तिहरुले आआफ्नाे सफलताकाे कथा सुनाइरहेका छन् ।
साथै कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्सकाे फायर साइट च्याटकाे सफलताकाे कथा भने फ्युज मशिनका संस्थापक समीर मास्केले सुनाउनेछन् ।
यस्तै अन्तर्राष्ट्रिय स्तरबाट प्रविधिमा क्षेत्रमा सफल भएका हरिश मेहताले आफ्नाे कथा सुनाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्