७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार

डा.पशुपति चौधरी रामराजा सिंह स्वास्थ्य प्रतिष्ठान पूर्वाधार समिति अध्यक्षमा नियुक्त

२२ चैत, काठमाडौं । रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा डा. पशुपति चौधरीलाई नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले समितिको सदस्यमा वीरेन्द्रप्रसाद यादवलाई पनि नियुक्त गरेको छ ।

सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको सदस्यमा ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ । बैठकले श्रम अदालतको मुकाम काठमाडौंमा रहने गरी तोक्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्