Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडविरूद्ध पक्राउ पुर्जी जारी

रातो कागज
12 महिना अघि

२३ चैत, काठमाडौं । गायक रवि ओडविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला अदालत कञ्चनपुरले गायक ओडविरूद्ध वैवाहिक बलात्कार मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो।

पक्राउ पुर्जी जारी भएपछि प्रहरीले गायक ओडको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।

उनका अनुसार बुधबार रविविरूद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन्। सोही दिन प्रहरीले पक्राउ अनुमति लिएर खोजी गरिरहेको भएपनि उनी भेटिएका छैनन्।

‘बुधबारदेखि नै खोजिरहेका छौं। भेटिएको छैन,’ प्रहरी उपरीक्षक जोशीले भने।

फेसबुकबाट तपाईको प्रतिक्रिया