६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार राजनीति

मुख्यमन्त्री खगराजले ३ जनाको मन्त्रिपरिषद बनाउँदै, मनाङे पाँचौ पटक मन्त्री हुँदै

२५ चैत, पोखरा । गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै सपथ लिने भएका छन् । ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा नेकपा एमालेका २२, माओवादीका सभामुखसहित ८ र एकीकृत समाजवादीका राजीव गुरुङ (दीपक मनाङे)सहितको समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त हुँदैछन् ।

संविधानको धारा १६८ ९२० बमोजिम दुई वा दुईभन्दा धेरै दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा सभामुखलाई पनि समावेश गरिएको भन्दै कांग्रेस सर्वोच्च जाने तयारी गरिरहेको छ भने अधिकारीले सपथ लिएसँगै ३ सदस्यीय मन्त्रिपरिषद गठनको तयारी गरेका छन् ।

अधिकारीले माओवादीबाट १ जना र एकीकृत समाजवादीका दीपक मनाङेलाई मन्त्री बनाउने तयारी गरेका छन् । मुख्यमन्त्रीको सपथसँगै अन्य २ जनालाई बिनाविभागीय मन्त्री नियुक्त गर्ने तयारी रहेको एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपालीले जानकारी दिए ।

माओवादीले नाम टुंगो लगाउन छलफल गरिरहेको छ भने मनाङेले महिना दिनमै दोस्रो पटक मन्त्रीको सपथ खाँदैछन् । एमाले–माओवादीको बहुमत पुग्न नदिने रणनीतिका साथ एकीकृत समाजवादीबाट स्वतन्त्र हैसियत मागेका मनाङेलाई यही चैत ५ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार मन्त्री बनाएका थिए ।

मन्त्री नियुक्त भएपछि पनि गण्डकीको सत्ताको खेलमा निरन्तर एमाले–माओवादीसँग पनि छलफलमा रहेका मनाङेले अन्नत खधिकारीलाई नै समर्थन गरेर फेरि मन्त्री हुने बाटो रोजेका हुन् ।

दोस्रो कार्यकालका लागि पनि मनाङबाट स्वतन्त्र चुनाव जितेका मनाङे गण्डकीमा पाँचौ पटक मन्त्री हुँदैछ । प्रदेशमा सत्ताको जोडघटाउमा चतुर देखिएका मनाङे अघिल्लो कार्यकालमा ३ पटक खेलकुद मन्त्री बनेका थिए भने अहिले दोस्रो पटक मन्त्री हुन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्