४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

लुम्बिनीका मुख्‍यमन्त्रीले लिए शपथ, ४ सदस्यीय मन्त्रिपरिषद गठन

२५ चैत,बुटवल । लुम्बिनीका मुख्यमन्त्री नियुक्त भएका जोखबहादुर महराले पद तथा गोपनियताको शपथ लिएका छन्। शपथसँगै मुख्यमन्त्री महराले तीन जनालाई मन्त्री नियु पहिलो चरणमा ४ सदस्यीय मन्त्रिपरिषद गठन गरेको हो ।

नवनियुक्त मन्त्रीहरुमा नेकपा एमालेबाट चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दीपेन्द्र पुन तथा जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर रहेका छन् । अर्घाखांचीका आचार्य एमाले संसदीय दलका उपनेता हुन् ।

रोल्पाका पुन गत चुनावमा स्वतन्त्र उम्मेदवार बनेर कांग्रेस र माओवादीका साझा उम्मेदवार कांग्रेस प्रदेश सभापति अमरसिंह पुनलाई पराजित गरेका नेता हुन् । उनी अघिल्लो चुनावमा पनि प्रदेश सांसद चुनिएका थिए । बांकेका अहिर यसअघिको सरकारमा समेत कृषि तथा भूमि व्यवस्था मन्त्री थिए ।

बाँकी मन्त्रीहरु मुख्यमन्त्रीले विश्वासको मत लिएपछि नियुक्त गरिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । केन्द्रीय सत्ता समीकरण फेरबदल भएका कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

यहां एक सिट भएको नेकपा एकीकृत समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई समेत मन्त्री बनाउनेगरी दलहरूको बीचमा लिखित सहमति भएको छ । जसपालाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयसहित सहरी विकास तथा पर्यटन मन्त्रालयको नेतृत्व दिनेसम्मको सहमति भएको छ ।

यसका साथै मुख्यमन्त्री बनाउन समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सहभागी गराउन मन्त्रालय दिने योजना पनि छ । धेरै दल सरकारमा सहभागी हुंदा यसअघि कायम १० मन्त्रालय फुटालेर बढाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्