६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार

जनकपुरमा धारिलो हतियार प्रहार गरी युवकको हत्या

२६ चैत, जनकपुरधाम । जनकपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ ।

 

महोत्तरीको एकडाडा गाउँपालिका बस्ने वर्ष २० का प्रिन्स कुमार महासेठको हत्या भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवालेले बताए ।

 

उनका अनुसार जनकपुरधाम उपमहानगरपालिका विश्वकर्मा रचौक नजिक डेरामा आज दिउँसो १२ बजेतिर शौचालयभित्र महासेठको हत्या भएको हो । हत्या आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा स्थानीय गणेश साहका छोरा २४ वर्षीय अर्जुन कुमार साह रहेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेका उनीमाथि र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्