६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार राजनीति

समर्थन फिर्ता लिदै मुख्यमन्त्री कार्कीलाई एमाले–माओवादीले लगाएको चार आरोप

२6 चैत, विराटनगर । कोशी प्रदेश सरकारबाट बाहिरिएको नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई चार आरोप लगाएको छ ।

२७ असोजमा कार्कीलाई मुख्यमन्त्री बनाउन समर्थन गरेको नेकपा एमाले १८ कात्तिकमा सरकारबाट बाहिरिएको थियो । तर समर्थन फिर्ता लिएको थिएन ।

सोमबार माओवादी केन्द्रसँगै एमालेले पनि समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिदा एमाले र माओवादी केन्द्रले चार आरोप लगाएका छन् ।

मुख्यमन्त्री कार्कीलाई पदीय जिम्मेवारी ठिक ढंगले निर्वाह नगरेको, अनुचित र अस्वभाविक अभिव्यक्ति दिने गरेको, सस्तो लोकप्रियताका लागि सरकारी कोषबाट बिना अध्ययन अनुसन्धान अनावश्यक र अनूचित खर्च गरेको आरोप
एमाले–माओवादीले लगाएका छन् ।
चौथो आरोप भने मुख्यमन्त्री कार्कीले प्रादेशिक संरचनाको प्रतिष्ठामै आँच आउने व्यवहार प्रदर्शन गरेको उल्लेख छ ।
कार्कीमाथि चार आरोप लगाएका दुई दलका ५३ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको राजनीतिक दाबी पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्