२ कार्तिक २०८१, शुक्रबार
राजनीति

नाउपाका संरक्षक रेशम चौधरी सुदूरपश्चिमका प्रदेश सभा सदस्यसँग छलफलमा

२८ चैत, धनगढी । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूसँग छलफल गरिरहेका छन् ।

प्रदेशका आर्थिक मामिला मन्त्री घनश्याम चौधरीको सरकारी निवासमा जारी छलफलमा कारबाहीमा परेकी इन्दिरा गिरीसहितका सबै प्रदेश सभा सदस्य सहभागी छन् ।

अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक चौधरीबीचको विवादले एकअर्कालाई निषेध र कारवाही गर्ने सिलसिला सुरू भएका बेला प्रदेशका सबै सांसदबीच छलफल चल्नुलाई अर्थपूर्ण रूपमा हेरिरहेको छ ।

नाउपाका एक नेता सुदूरपश्चिम प्रदेश सरकारको बारेमा कसरी अगाडि बढ्ने भनेर छलफल भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरु