६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार

दार्चुलाको शैल्यशिखरको एक विद्यालयमा भवन अभाव,पठनपाठमा समस्या

२८ चैत, काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिका -७ को एक विद्यालयमा भवन नहुँदा विद्यार्थीको पठनपाठनमा समस्या भएको छ ।

नगरपालकाको हुनैनाथ आधारभूत विद्यालयमा भवन नहुँदा विद्यार्थीहरूको पठनपाठनमा समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपी मिश्रले बताए ।

 

 

 

 

 

 

उनले भने, ‘विद्यालयमा विद्यार्थी पढाउनको लागि भवन छैन । भवन भए पनि भवनमाथि छानो पुरानो र प्वाल परेको छ। यसले विद्यार्थीलाई पढाउनमा समस्या भएको छ।’ उनका अनुसार वर्षातमा पानी पर्दा भवन चुहिने हुँदा विद्यार्थीलाई पढाउन झनै समस्या हुने गरेको छ ।

‘ विद्यालयमा जम्मा ३ वटा कक्षाकोठा छन् । त्यसमा पनि एउटा कार्यालय प्रयोजनका लागि र दुईवटा विद्यार्थीका लागि प्रयोग गरिरहेका छौं,’ उनले भने, ‘ ती कक्षाकोठाहरू जीर्ण अवस्थामा छन्।यसकारण यी कक्षाकोठा हाम्रा लागि अपुग हुन्।’

 

 

 

 

 

अध्‍यक्ष मिश्रले गतवर्ष विद्यालयको लागि रातो किताबमा बजेट आएपनि विद्यालयको नाम नै परिवर्तन गरिदिएकाले विद्यालयले बजेट नपाएको गुनासो सुनाए । ‘ बजेट त रातो किताबमा आयो ।

तर विद्यालयको नाम नै फरक भइदियो । यसले हामीले बजेट नै पाएनौं ।’ उनले भने । यस्तै यता, लेकम गाउँबाट पढ्‍न आउने विद्यार्थीले बाटोको समस्या दिनहुँ भोग्नु परिरहेको उनले बताए । उनल भने, ‘ लेकम गाउँबाट विद्यार्थीहरू पढ्न आउनै डराउँछन् ।

किनकी बाटो भरि नै भीर छ । लड्‍ने डरले विद्याथीहरू विद्यालय पढ्न आउन मान्‍दैनन् ।’ यसका साथै  विद्यालयको अवस्थाबारे आफूले पटक-पटक स्थानीय र प्रदेश सरकारकहाँ समस्या लिएर जाँदा सहयोग गर्ने आश्वासन मात्र दिएको तर कुनै पहल नगरेको उनले दुखेसो पोखे ।

यता, भैरवनाथ विद्यालयका लागि आर्थिक वर्ष २०७९/८० को बजेट आए पनि कार्यान्वयन नभएको शैल्यशिखर नगरपालिका-७ का वडाध्यक्ष पुष्पराज जोशीले बताए । उनले भने, ‘ विद्यालयको लागि आर्थिक वर्ष २०७९/८० मा बजेट त आयो । तर उक्त बजेट विद्यालयको कुनै पनि विकासका लागि रकम गएन ।’यतिमात्र होइन बाटोको लागि पनि स्थानीय सरकारले कुनै बजेट नछुट्याएको उनको भनाइ छ ।

हाल भैरवनाथ आधारभूत विद्यालयमा कूल ३४ जना विद्यार्थी, १ जना कार्यालय सहयोगी, १ जना बालबिकास शिक्षक र २ जना नगरपालिकाले खटाएका शिक्षकले काम गरिहरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्