४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

सिन्धुपाल्चोकमा एनसेलको टावरमा कुकर बम बिष्फोट

२९ चैत, काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिकामा-४ रहेको एनसेल टावरमा बम बिष्फोट गराइएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गए राति १ बजे कमलामाई नगरपालिका-४ रहेको एनसेलको टावरमा कुकर बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरन्जीवी दाहालले जानकारी दिए ।

डीएसपी दाहालका अनुसार बम विस्फोटबाट टावरका विद्युतीय तारलगायतमा क्षति पुगेको छ । उक्त बिष्फोटपछि ‘वैकल्पिक उपायबाट मोबाइल सेवा सञ्चालनमा ल्याइएको छ ।

यस्तै बम विस्फोटपछि घटनास्थलमा जनमुक्ति सेनाको पर्चा भेटिएको छ । पर्चामा सुप्रिम कमान्डर परिवर्तन भन्नेले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्