६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार राजनीति

सहकारी ठग्ने र गृहमन्त्री एउटै व्यक्ति भए/नभएको छुट्याउन छानबिन समिति आवश्यक भयोः गगन थापा

४ वैशाख, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीको रकम अपचलन गर्ने रवि र गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् छुट्याउन संसदीय समिति आवश्यक रहेको बताएका छन् ।

 

सहकारीमा ठग्ने रवि लामिछाने र गृहमन्त्री एउटै हुन् कि होइनन् ? जाँच्ने क्षमता प्रहरीले आफूसँग नभएको दर्ता मुद्दाबाट जानकारी भएको उनले बताए । संवाद यात्राका क्रममा कञ्चनपुरमा मंगलबार थापाले भने, ‘अब सहकारी ठग्ने र गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भनेर संसदीय छानविन समिति बनाएर खोज्न पर्यो कि परेन?’ कांग्रेसले माग गरिरहेको छानविन समिति आवश्यक रहेको सरकारी वकिलकहाँ दर्ता भएको मुद्धाले प्रमाणित भएको थापाले सुनाए ।

 

‘प्रहरीले सरकारी वकिल कहाँ मुद्धा दर्ता गर्यो । मुद्धा दर्ता गर्दैगर्दा प्रहरीको अनुसन्धानलाई आधार बनायो,’ थापाले भने,‘प्रहरीले केलाई आधार बनायो भने सहकारीमा ठगि गर्ने रवि लामिछाने र अहिलेको गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भन्ने थाहा नभएकाले त्यो अनुसार प्रतिवादी बनाउन सकिएन ।’

 

कानुनको शासनको मुख्य कुरा भनेको एउटा सर्वसाधारणले कुनै कुरा गर्दा गल्ति र अपराध मानेर दण्ड पाउँछ भने शक्तिशालीले पनि त्यो कुरा गर्दा गल्ति नै हुन्छ ।

 

सर्वसाधारणले कानुन मिच्दा जुन दण्ड पाउँछन् ठूला भनिएका व्यक्तिले पनि सोही मुताविकको दण्ड पाउनुपर्ने उनले बताए । सजायको पुरानाले पाउने र नयाँले नपाउने भन्ने नहुने थापाले बताए ।

 

‘आफ्नै पार्टीको होस्, अरु पार्टीको होस्, यो पार्टीको होस् त्यो पाटी भन्दैनौं,’ थापाले भने । जनतामा लोकप्रिय र सरकारमा शक्तिशाली छु भन्दैमा कानुन भन्दा कोही माथि नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्