४ आश्विन २०८१, शुक्रबार
खेलकुद मुख्‍य समाचार

अपराजित रहँदै सेमिफाइनल खेल्न नेपाललाई साउदीको ७४ रनको लक्ष्य

५ वैशाख, काठमाडौं। साउदी अरेबियाले एसीसी प्रिमियर कप २०२४ मा नेपाललाई ७४ रनको लक्ष्य दिएको छ ।

 

अलअमरेत क्रिकेट ग्राउण्ड २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साउदीले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनायो ।

 

साउदीका ओपनर अब्दुल वाहिदले १६ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३७ बनाए ।

 

अन्य कुनैपनि साउदीका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

 

नेपालका करण केसीले २ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।

 

अभिनाश बोहराले २ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । प्रतिश जि.सी र ललित राजवंशीले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्