२ कार्तिक २०८१, शुक्रबार
खेलकुद मुख्‍य समाचार

आईपीएलमा गुजरात दिल्लीसँग ६ विकेटले पराजित

६ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटान्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ ।

दिल्लीले बुधबार राति भएको खेलमा गुजरातलाई ६ विकेटले हराएको हो । यो दिल्लीको तेस्रो जित हो । यससँगै दल्ली ६ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ । समान अंक भए पनि गुजरात भने सातौं स्थानमा झरेको छ ।

गुजरातले दिएको ९० रनको लक्ष्य दिल्लीले ६७ बल बाँकी हुँदै ४ विकेट गुमाएर पूरा गर्‍यो । दिल्लीका ज्याक फ्रासेर म्याकगुर्कले २० रन, साइ होप १९, अभिषेक पोरेलले १५ रन बनाए । कप्तान रिसब पन्त १६ र सुमित कुमारी ९ रनमा अविजित रहे ।

गुजरातका सुदीप वारियर २, स्पेसर जोन्सन र रासिद खानले समान एक/एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्