५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव भेटियो

६ वैशाख, काठमाडौं । जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१६ पुल्चोकमा रेल्वे लिक नजिक पोखरी डिलमा राति २३ वर्षीय युवतीको शव जिलरहको अवस्थामा धनुषा प्रहरीले बरामद ‍गरेको हो ।

धनषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवालेका अनुसार पोखरीको डिलमा राति ८ बजेतिर शव जलिरहेको स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर जलेको शव नियन्त्रणमा लिइएको हो ।

शव महोत्तरीको मनरासिसा नगरपालिका-२ की २३ वर्षीया मप्रियंका महतोको रहेको डिएसपी अवालेले बताए ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ । उनको हत्या गरेर शव जलाएको हुन सक्ने आशंका गरिएको छ । यद्यपि, पोस्टमार्टम रिपोर्ट र अनुसान्धान पश्चात् मात्र केही भन्न सक्ने डिएसपी अवालेले बताए ।

प्रतिक्रिया दिनुहोस्