४ आश्विन २०८१, शुक्रबार
खेलकुद मुख्‍य समाचार

कमजोर प्रदर्शन गर्दै कप्तान रोहित आउट

७ वैशाख, काठमाडौं । नेपालका कप्तान रोहित पौडेल एसीसी प्रिमियर कप टी२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईविरुद्ध कमजोर प्रदर्शन गर्दै क्याच आउट भएका छन् ।

 

उनी १८ बलमा ५ रन बनाएर आउट भएका हुन् । अली नासिरको सातौं ओभरको अन्तिम बलमा सैइद हैदरबाट क्याच आउट भएका हुन् ।

 

बाउन्सर बलमा क्याच आउट भएका थिए । ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ७ ओभरमा ३ विकेट गुमाउँदै ३८ रन बनाएको छ ।

 

सन्दीप जोरा १२ बलमा २२ र उनलाई साथ दिन कुशल मल्ल आएका छन् । नेपालका ओपनर कुशल भुर्तेल रोयल डक र आसिफ शेख ८ रनमा आउट भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्