४ आश्विन २०८१, शुक्रबार
खेलकुद मुख्‍य समाचार

दीपेन्द्र र सन्दीप आउटसँगै संकटमा नेपाल

७ वैशाख, काठमाडौं । प्रमुख ब्याटर दीपेन्द्रसिंह ऐरी आउट भएसँगै नेपाल एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईविरुद्ध संकटमा पुगेको छ ।

 

दीपेन्द्र स्पिनर आयन खानको १४ औं ओभरको दोस्रो बलमा ५ रनमा एलबीडब्लू आउट भएका हुन् । दीपेन्द्र उत्कृष्ट लयमा थिए । कतारविरुद्धै एकै ओभरमा ६ छक्का हानेका थिए ।

 

उत्कृष्ट अन्त्य गर्दै आएका उनी आजको खेलमा भने चुकेका हुन् । यस्तै सन्दीप जोरा पनि अर्धशतक बनाएर आउट भएका छन् ।

 

ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १४ ओभरमा ५ विकेट गुमाउँदै ७७ रन बनाएको छ । सन्दीप जोरा ४९ र गुलशन झा १ रनमा क्रिजमा छन् ।

प्रतिक्रिया दिनुहोस्