५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाज

सिन्धुपाल्चोक बस दुर्घटनाका मृतकको सनाखत

६ वैशाख, काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका-५ धारावतीमा जन्ती बस दुर्घटनामा मृत्यु हुने र घाइते हुने सबैको सनाखत भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईका अनुसार मृत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिका-१ बस्ने १६ वर्षीय शिव श्रेष्ठ, भीमेश्वर-१कै ७० वर्षीय मानबहादुर थामी र सोही नगरपालिकाका १९ वर्षीय दिपेन्द्र थामी रहेका छन् ।

 

यस्तै दुर्घटनामा परी घाइते हुनेहरूमा दोलखा बस्ने २१ वर्षीया स्वस्थानी तामाङ ( टाउको र हातखुटामा चोट), दोलखा बस्ने २५ वर्षीय प्रकाश तामाङ, भीमेश्वर-१ बस्ने ४४ वर्षीय ज्ञान बहादुर तामाङ (टाउको र शरीरमा चोट) , बस चालक ३४ वर्षीय दलबहादुर तामाङ, दोलखा कालिन्चोक- ९ बस्ने २४ वर्षीय सिंहबहादुर लामा, भीमेश्वर -१ बस्ने १७ वर्षीया ईश्वरी थामी, सुदरवती गाउँपालिका-९ बस्ने १९ वर्षीय लक्ष्मण थामी र भिमेश्वर -१ बस्ने गोपाल थामी रहेका छन् ।

 

यस्तै पाँच जना भने सामान्य घाइते भएकाहरू उपचार गरेर घर फर्किइसकेका छन् । दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान सात बजेर २० मिनेटमा दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्