५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार राजनीति

नेताहरू सत्ता स्वार्थमा, जनताहरू चरम आक्रोशमा

११ वैशाख, काठमाडौं । आज लोकतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाइँदै छ । २०६२/६३ को जनआन्दोलनका क्रममा तत्कालीन राजा ज्ञानेन्द्र शाहले संसद पुनर्स्थापना गरेका थिए । सोही दिनको सम्झनामा लोकतन्त्र दिवस मनाइँदै आएको छ ।

आज लोकतन्त्र आएको १८ वर्ष पूरा भएको छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले पटक-पटक शासनसत्ता हातमा लिएपछि तत्कालीन सात दल र माओवादीले १२ बुँदे सम्झौता गरेसँगै आन्दोलन चर्किएको थियो । त्यसैको बलमा तत्कालीन राजा संसद पुनर्स्थापनाका लागि बाध्य भएका थिए ।

सोही आन्दोलनको जगमा संविधानसभाको चुनाव हुँदै मुलुकमा गणतन्त्र स्थापना भएको छ । त्यस्तै संविधानसभाले संविधान निर्माण गरिसकेको छ । त्यस्तै शासकीय संरचनामा फेरबदल आई मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ ।

जनआन्दोलनको सफलतासंगै युद्धरत नेकपा माओवादी शान्ति प्रक्रियामा फर्किएको थियो । आजैका दिन तत्कालिन राजा ज्ञानेन्द्र शाहले विघठित संसद् पुनःस्थापना गर्दै जनताको नासो जनतालाई नै दिएँ भनी शासनसत्ता नेपाली जनतालाई सुम्पिएर नारायणहिटी दरबारबाट बहिर्गमन भएका थिए । त्यहि बैशाख ११ गतेको दिनलाई लोकतन्त्र दिवस भनेर मनाउन थालिएको हो ।

६२ अनि ६३ कोआन्दोलनलाई नेपाली राजनीतिकै नयाँ मोड र अत्यन्त महत्वपूर्ण घडिका रूपमा लिइन्छ । देशलाई समृद्धिको बाटोमा हिडाउन संविधानसभाको यात्रा यहि आन्दोलनबाट सुरु भएको थियो । फलस्वरुप सवै नेपालीको आकांक्षा पुरा गर्न २०७२ असोज ३ गते “नेपालको संविधान(२०७२)” जारी हुन सफल भयो ।

वर्षौसम्म राजसँस्था पद्धतिमा देशको मुख्य शाषक राजा रहने ब्यवस्था थियो । ४६ सालपछी संवैधानिक राजतन्त्रको स्थापना भएतापनि राजसँस्थाको वर्चस्व विभिन्न प्रकारमा शाषन पद्धतिमा रहिनैरहेको थियो ।

देशको शाषन पद्धतिमा मुख्य पदमा रहनकालागी राज परिवारमै जन्मिन पर्ने क्रमको अन्त्य गर्दै आज स्वतन्त्र लोकतान्त्रिक नेपालमा हामीमध्य जो कोहीले पनि राष्ट्रपती हुने संभावना बोकेका छौ । आजको मितीमा संघीय गणतान्त्रीक नेपालको दोश्रो राष्ट्रपती, नेपाली जनताकै छोरी महामहीम राष्ट्रपती विधादेवी भण्डारी पदासीन हुनुहुन्छ । आजको दिन महामहीम राष्ट्रपतीले राष्ट्र र राष्ट्रवासीको नाममा सन्देश दिने चलन छ ।

यद्यपि, लोकतन्त्र स्थापनापछि राजनीतिक दल तथा तीनका नेताहरूको कार्यशैलीका कारण आम जनतामा आक्रोश बढ्न थालेको देखिएको राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेल बताउँछन् ।

उनी भन्छन्, अपेक्षाकृत विकास तथा सुशासन कायम हुन नसकेको छैन् । लोकतन्त्र जनतालका लागि ल्याइएको हो । तर यहाँ दल र नेताहरू आफ्नो स्वार्थ सत्तामा मात्रै लगाएको देखिन्छ। जनतालाई सधैं महँगीको मारमा हिड्नु परिरहेको छ ।’

अबका चुनावमा मूलधारका दलहरूमा युवा हस्तक्षेप बढ्नुपर्ने बेला आइसकेको प्राध्यापक पोखरेलको भनाइ छ । उनी भन्छन्, मूलधारका राजनीतिक दलहरूमा युवापुस्ताले हस्तक्षेप गर्ने बेला भयो । अघिल्लो पुस्ताका नेताले काम गर्न सकेनन् भन्ने प्रमाणित नै भयो । अब नेतृत्वको जन्जिर तोड्न हरेक दलभित्रका युवापुस्ता हस्तक्षेप गर्न अघि सर्नुपर्छ ।’

यस्तै त्रिभुवन विश्वविद्यालयको राजनीतिशास्त्र केन्द्रीय विभागका प्रमुख प्राध्यापक रामकृष्ण तिवारी गणतन्त्र र लोकतन्त्रमा जनताले अझै सास्ती पाइरहनु अत्यन्तै दु:खद भएको बताउँछन् ।

उनी भन्छन्, जेसुकै नाम दिइए पनि यस्ता दिनहरूलाई राज्यव्यवस्था परिवर्तन हुँदाको ऊर्जा कायम राख्नुपर्छ। तर जनता सधैं यसको नाममा सास्ती पाइरहनु भएन। यदि यस्तो भए फेरि अर्को आन्दोलन हुन सक्छ।’

उनले लोकतन्त्रमा जनताले दुख पाउनुमा नेताहरूको लापर्बाही र स्वार्थसिद्धिका लागि सत्ताको भर्‍याङ प्रमुख कारण देख्छन् । उनी भन्छन्, लोकतन्त्र ल्याएदेखि नेताहरू सबै सत्ताकै राजनीतिमा लिप्त भए। उनीहरूले जनतासँग गरेका वाचाहरू भुले। त्यसकारण लोकतन्त्र धरमरमा छ ।’

यस्तै पत्रकार महासंघका पुर्व अध्यक्ष विष्णु निष्ठुरी राजनीतिक नेतृत्वमा देशको नेतृत्व गर्ने क्षमताको अभाव देखिएको बताउँछन् । उनी भन्छन्, क्षमतावान् नेता भएनन्, क्षमता बढाउने चाहना पनि देखिएन । अन्यत्र काम गर्ने क्रममा सिकेर पनि नेतृत्वले क्षमता बढाएको देखिन्छ, हाम्रोमा त्यो पनि भएन ।’

प्रतिक्रिया दिनुहोस्