५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

कतारका राजा काठमाडौं आइपुगे

११ वैशाख, काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् ।

उनी आफ्नो नीजी विमानमा दिउँसो ३:३५ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा दुई दिने राजकीय भ्रमणका लागि उनी नेपाल आएका हुन् ।

आइतबार एसियाली देशहरूको भ्रमणमा निस्केका अमिर अल थानी मंगलबार बंगलादेशबाट नेपाल आएका हुन् ।

मंगलबार उनले राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि होटल सोल्टीमा उनका लागि राष्ट्रपतिले रात्रीभोजको आयोजना गरेका छन् ।

भ्रमणको दोस्रो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय भेटवार्ता गरी उनी अपरान्ह कतार फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस्