५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार राजनीति

चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

१३ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १५ वैशाखको उपचुनावमा नेपाली सेनालाई परिचालन गर्न स्वीकृति दिएका छन् ।

‘एकीकृत सुरक्षा कार्य योजना २०७९’ मा भएको व्यवस्था अनुसार सुरक्षा निकायहरुबीच एकीकृत तथा समन्वयात्मक रुपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषदको वैशाख १० गतेको सिफारिस अनुसार राष्ट्रपतिले सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा लेखिएको छ,–‘मन्त्रिपरिषदको मिति २०८०/०१/१० को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति मिति २०८०/०१/१० को पत्रका आधारमा सम्बत २०८० साल वैशाख १५ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२)बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्