५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार राजनीति

गृह मन्त्रालय जान अब अनलाइनबाट प्रवेश पास बनाउनु पर्ने

१६ वैशाख, काठमाडौं । अबदेखि गृह मन्त्रालय प्रवेशका लागि अनलाइनबाट पास पाइने भएको छ ।

गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै भोलि, सोमबारदेखि अनलाइनबाटै प्रवेश पास पाइने जनाएको हो । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सिंहदरबारपास डट जीओभी डट एनपीमा जानुपर्ने बताए ।

त्यसपछि क्यूआर कोडसहितको पास अनुरोध गर्नुपर्ने हुन्छ । मन्त्रालयबाट अनुरोध स्वीकृत भइसकेपछि मात्र ई–गेट पास जारी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्