वैजनी ज्याकराण्डाले रंगियो काठमाडौं (तस्वीहरू )
१७ वैशाख, काठमाडौं । यतिबेला काठमाडौँ सहर बैजनी रङ्गको ज्याकराण्डाले रङ्गिएको छ । संघीय राजधानी काठमाडौँका मुख्य सडकहरूमा ज्याकाराण्डा फूल फुलेर ढकमक्क भएका छन् । ज्याकाराण्डा फूल फुलेपछि काठमाडौँ बैजनीको रङमा रङ्गिएको हो ।
मध्य चैतदेखि वैशाखसम्म ज्याकाराण्डाले काठमाडौँको सुन्दरतामा थप रौनक भरेको छ । दरबारमार्ग, सुन्धारा, रत्नपार्क वरपरको सडक छेउमा फूलेको ज्याकाराण्डाले राजधानी थप सुन्दर देखिएको हो ।
काठमाडौँको कमलपोखरी परिसर छेउमा ज्याकाराण्डा फूल ढकमक्क फुलेको छ । यतिबेला काठमाडौँ उपत्यकाका धेरै सडक किनारामा ज्याकाराण्डा फूल फुलेर रङ्गिएको हो ।
मध्य चैतदेखि वैशाखसम्म ज्याकाराण्डाले काठमाडौँको सुन्दरतामा थप रौनक भरेको छ । यहाँ आउने जोकोहीले पनि ज्याकाराण्डाको बोट मुनि वा छायाँ पारेर तस्वीरहरू खिचिरहेको देखिन्छ । यसले संघीय राजधानी काठमाडौंलाई थप सुन्दरता थपिदिएको छ ।
हेर्नुहोस् थप तस्वीरहरू :
प्रतिक्रिया दिनुहोस्