आईपीएलमा हैदराबाद चेन्नाइसँग पराजित
१७ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबाद चेन्नाइ सुपरकिङ्गससँग पराजित भएको छ ।
आइतबार राति भएको खेलमा चेन्नाइले हैदराबादलाई ७८ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
२१३ रनको लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमै १३४ रन बनाएर अलआउट भयो । हैदराबादका लागि एडन मार्क्रमको ३२ बनाए । यो नै हैदराबादका ब्याटरको सर्वाधिक रन हो । हेनरिक क्लासेन २०, अब्दुल समाद १९, ट्राभिस हेड र नितिश रेड्डीले १५/१५ रन जोडे ।
चेन्नायका तुषार देशपाण्डेले चार विकेट लिए भने मुस्तफिजुर रहमान र मथिशा पाथिरानाले दुई/दुई तथा रवीन्द्र जडेजा र शार्दुल ठाकुरले एक/एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाइले मात्र ३ विकेटको गुमाएर २१२ रन बनाएको थियो । चेन्नाइका कप्तान रुतुराज गाइकवाडले ९८ रन बनाए । ड्यारिल मिचेलले ५२ र शिवम दुबेले ३९ रनको योगदान गरे ।
हैदराबादका भुवनेश्वर कुमार, नटराजन र जयदेव उनादकटले एक/एक विकेट लिए ।
यो जितसँगै चेन्नाइ १० अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । हैदराबाद १० अंक भए पनि रनरेटका आधारमा चौथो छ ।
प्रतिक्रिया दिनुहोस्