सुदूरपश्चिममा नाउपाकी थापा कृषि मन्त्री बनिन्
१८ वैशाख, धनगढी । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीकी टीका थापा मन्त्री बनेकी छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन् । थापाले मंगलबार नै पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन् । थापालाई प्रदेश प्रमुख मियाँले सपथ ग्रहण गराएका हुन् । मंगलबार बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले नाउपालाई कृषि मन्त्रालय दिने सहमति गरेको थियो । नाउपाका कैलाश चौधरीलाई मुख्यमन्त्री सोडारीले यसअघि नै भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्