कर्णाली सरकारले पायो पूर्णता, ६ मन्त्री नियुक्त
१८ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारलाई पूर्णता दिएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको २२ पछि मंगलबार नयाँ ६ जना मन्त्रीलाई नियूक्त गर्दै कँडेलले सरकारलाई पूर्णता दिएका हुन् ।
गत चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले सत्ता गठबन्धनका दुई ठूला दल एमाले र माओवादी केन्द्रबीच लामो समयको रस्साकस्सीपछि मंगलबार माओवादीका र एमालेका तीन÷तीन जना मन्त्री नियुक्त गरेका हुन् ।
माओवादीका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा दुर्गा बहादुर रावत र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रनसिंह परियार नियुक्त भएका छन् ।
त्यस्तै एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विक, भाैतिक पूर्वाधार मन्त्रीमा शेर बहादुर बुढा र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा बिनाेद कुमार शाह नियुक्त भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेल आफैले राखेका छन् ।
मुख्यमन्त्री कँडेलले १२ वैशाखमा सत्ता साझेदार दल माओवादी केन्द्रका सांसद रनसिंह परियारलाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्