Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

‘मनसरा’ आजदेखि हलमा

रातो कागज
12 महिना अघि

२० बैशाख, काठमाडौं । नेपाली कथानक चलचित्र ‘मनसरा’ आजदेखि प्रदर्शनमाआएको छ । बुधबार रातिललितपुरको लबिम मलकोक्यूएफएक्स हलमाप्रथम प्रदर्शन(प्रिमियर शो) सम्पन्न भएको उक्त चलचित्रमासोसल –ड्रामामा आधारित कथावस्तुमा सामाजिक समस्यामा पनि लैङ्गिक विभेदलाई हेर्ने नेपाली दृष्टिकोणलाई निर्देशकलेसरल रुपमा बलियो गरी उठाएका छन् ।

पूर्वी नेपालको जातीय, सांस्कृतिक, सामाजिक र लैंगिक पक्षलाई निर्देशक सुब्बाले कथावस्तुको मियोको रुपमा बलियो गरी प्रस्तुत गरेका छन् ।फिल्मले दयाहाङ, मिरुना, प्रवीण र उनको श्रीमतिको भूमिका निर्वाह गरेकी मेनुकाको सम्बन्धलाई सामाजिक, जातीय र मनोवैज्ञानिक पक्षबाट देखाइएको छ ।

महिलालाई मुख्यतःसन्तानउत्पादन गर्ने वस्तुको रुपमा हेरिने नेपाली समाजमा बाँझोपनको समस्याका कारण उसले परिवार र समाजबाट भोग्नुपर्ने हेपाइँ र सामना गर्नुपर्ने अनेक सामाजिक मनोवैज्ञानिक चुनौतीलाई कथामा शसक्त रुपमा देखाइएको छ ।

कथाले महिला र पुरुष दुवैमा समान गुण र दोष हुने भएपनि पुरुषमा हुने बाँझोपन रदोषको भागीदार समेत महिला बन्नुपर्ने सामाजिक यथार्थलाई समेत प्रस्तुत गरेको छ । प्रिमियर शो हेरेपछि गायक सत्यराज आचार्यले प्रतिक्रिया दिँदै भने, ‘सन्तान उत्पादन गर्न नसक्ने कारणको दोषी सधैं महिला मात्रै हुँदैनन् ।

पुरुष पनि त्यसमा दोषी हुन्छ । महिलामा मात्रै बाँझोपन हुँदैन त्यो पुरुषमा पनि हुन्छ भन्ने जुन गहिरो सन्देश फिल्मले दिएको छ । फिल्म हेरिसकेपछि मलाई हामीले आफ्नो गुण दोष र अरुको गुण दोष दुवै कुरालाई समानान्तर रुपमा हेर्न बुझ्न सक्नुपर्छ भन्ने लाग्यो ।’

यस्तै, प्रिमियर शोमा पुगेका कलाकार तथानिर्देशक निश्चिल बस्नेतले उपेन्द्र सुब्बा साह्रै राम्रो सँग कथा भन्ने निर्देशक भएको बताए । मनसरामा कलाकारको अभिनयको प्रशंसा गरेका बस्नेतले भने ‘उपेनद्र दाईको पहिलो फिल्म जारीजुन लेबलमा बनेको थियो र जसरी चर्चा पायो नि सनसरा पनि त्यही लेबलमा छ ।’

उपेन्द्र सुब्बाद्धारा निर्देशित चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा र मेनुका प्रधानको मुख्य अभिनय रहेको छ । सिनेमाका निर्माता छायाँकार शैलेन्द्रध्वज कार्की हुन् । यस्तै विष्णकुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बू थाक्लुङ सह–निर्माता हुन् ।

प्रिमियर शो पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्देशक उपेन्द्र सुब्बाले भने ‘दुई घण्टा सम्म तपाईहरुले हलमा बसेर हेर्नुभयो भने त्यो नै हाम्रो सफलता मान्नेछौं।

फेसबुकबाट तपाईको प्रतिक्रिया