सुनको मूल्य तोलामा रु २ हजारले वृद्धि
२० वैशाख, काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा रु एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३६ हजार पाँच सय निर्धारण भएको छ ।
यस्तै बुधबार रु एक लाख ३३ हजार आठ सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ३५ हजार आठ सय ५० निर्धारण भएको छ । चाँदीको मूल्य तोलामा रु १५ ले वृद्धि भएको छ । बुधबार प्रतितोला रु एक हजार छ सय ३० मा कारोबार भएको चाँदी बिहीबारका लागि भने रु एक हजार छ सय ४५ निर्धारण भएको छ ।
प्रतिक्रिया दिनुहोस्