लागूऔषधसहित कञ्चनपुरमा २ जना पक्राउ
२० बैशाख , कञ्चनपुर ।कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-७ कालोपुलबाट कैलालीको धनगढी उपमहानगरपालिका-६ का २८ वर्षीय ओमप्रकाश चौधरी पक्राउ परेका हुन्। २.३५ ग्राम खैरो हेरोईन सहित चौधरीलाई नियन्त्रणमा लिईएको हो।
यस्तै भीमदत्त नगरपालिका-११ गड्डाचौकीको होल्डिङ्ग सेन्टर ७ नम्बर पिल्लर नजिकबाट भीमदत्त नगरपालिका-१९ बस्ने २० वर्षीय अरुण राना पनि पक्राउ परेका छन्।
२.८२ ग्राम खैरो हेरोईनसहित रानालाई भारतबाट नेपाल आउने क्रममा नियन्त्रणमा लिइएको हो। लागूऔषधसहित दुबैजनाई बुधवार नियन्त्रणमा लिइएको र यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्