यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकलेसोमबारका लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ ।राष्ट्र बैंकका अनुसारशनिवारदेखि नै अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसा रहेको छ । सोमबार पनि सोही मूल्यमा कारोबार हुने राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, आज युरो एकको खरिद दर १४३ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ९५ पैसा तोकिएको छ । आइतबार खरिद दर १४३ रुपैयाँ १४ पैसा र बिक्री दर १४३रुपैयाँ ७९ पैसाले कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ ८५ पैसा तोकिएको छ । आइतबार खरिद दर १६७ रुपैयाँ २१ पैसा र बिक्री दर १६७ रुपैयाँ ९७ पैसारहेको थियो ।
आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसामा कारोबार भैरहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्