३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार राजनीति

उपचुनावको नतिजा मिसन ०८४ को सफलता सुरूवात : ओली

२४ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपचुनावको नतिजामिसन ०८४ तर्फ सफलताको सुरुवात भएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले उपचुनावमा दुवै सिट एमालेले जितेको स्मरण गरे । १५ वैशाखमा प्रतिनिधिसभा सदस्यका लागि इलाम-२ र प्रदेशसभा सदस्यका लागि बझाङ १ (१) मा भएको उपचुनाव एमालेले जितेको थियो ।

एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न चाहेको भन्दै उनले भने, ‘उपचुनावको नतिजा मिसन ०८४ तर्फ सफलताको सुरुवात हो । मिसन ०८४ लाई सफल पारेर छाड्छौं ।’

प्रतिक्रिया दिनुहोस्