Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

अशोक राई नेतृत्वको नयाँ दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय

रातो कागज
11 महिना अघि

२४ वैशाख, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)बाट फुटेर बनेको अशोक राई नेतृत्वको नयाँ दल दर्ता गर्ने निर्णय गरेको छ ।

राई नेतृत्वको समूहले आइतबार नयाँ दल दर्ताका लागि निवेदन दिएकाे थियो । साेमबार आयोगले दल दर्ता गर्ने निर्णय गरेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

आइतबार जसपा विभाजन गर्ने गरी अशोक राईसहित ७ सांसदले दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया