Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

एक महिलासहित धनगढीकी २ जना फरार दोषी पक्राउ

News and Updates
11 महिना अघि

२५ वैशाख ,कैलाली। कैलाली मा एक महिलासहित धनगढीकी दुई जना फरार दोषी पक्राउ परेका छन्।

जाल साक्षी मुद्दामा १५ लाख दुई सय जरीवाना ठहर भएकी धनगढी उपमहानगरपालिका–१३ बस्ने ६५ वर्षीया मन्धरादेवी राना र चेक अनादर मुद्दामा १ हजार जरिवाना ठहर भएका गोदावरी नगरपालिका–९ बस्ने ३४ वर्षीय दिर्घ पार्की पक्राउ परेका हुन्।

अदालतबाट दोषी ठहर भई फरार रहेका यी दुबै जनालाई सोमवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया