१४ मंसिर २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार

निर्मल लामा असल राजनीतिज्ञ : प्रधानमन्त्री प्रचण्ड

२७ वैशाख, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी नेता निर्मल लामा एक असल राजनीतिज्ञ भएको बताएका छन् ।

आज बिहान माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २४ औँ स्मृति दिवसमा प्रधानमन्त्रीले सो कुरा बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नेता लामालाई सम्झदै प्रधानमन्त्रीले भने, “निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रेरणादायी व्यक्तित्व हो । मुख्यतः २०३३-०३४ सालतिर नेपालमा जनवादी क्रान्तिको बहसका सन्दर्भमा उनले प्रस्तुत गरेको विचार महत्वपूर्ण छन् । कम्युनिस्ट आन्दोलनको विकास र रणनीति एवं कार्यदिशामा उनी आदर्श नेता थिए ।”

प्रधानमन्त्रीले निर्मल लामाको जीवनबाट नेपालका कम्युनिस्ट नेताहरूले प्रेरणा लिएका बताए । उनले भने, “उनी पारदर्शी नेता थिए, खुला थिए, आफ्नो निष्ठामा दृढ र गरिखाने वर्गप्रति प्रतिबद्ध थिए । राम्रो विचार र स्पष्टवक्ता थिए । समग्रमा उनी एक असल राजनीतिज्ञ थिए ।”

त्यस अवसरमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेताहरू नेता लामाको योगदानबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्