३ कार्तिक २०८१, शनिबार
राजनीति

संसदमा कांग्रेस सांसदहरुको नाराबाजी

२८ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेको छ । आ–आफ्नो स्थानमा उभिएका कांग्रेस सांसदहरुले संसदीय समिति छानबिन समिति गठन गर, सहकारी पीडितहरुलाई न्याय दे भनेर नाराबाजी गरेका हुन् ।

त्यसअघि समय लिएर बोलेका कांग्रेस महामन्त्री गगनकुमार थापाले संसदीय समिति गठन नगर्दासम्म संसदको कामकारबाही अगाडि नबढ्ने बताएका थिए ।

संसदमा प्रश्नहरुको घाँटी निमोट्ने तयारी गरेको भन्दै उनले चेतावनीपूर्ण भाषामा भने, ‘जे गर्न सोच राखिएको छ, यसको मुल्य सबैले चुकाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्