३ कार्तिक २०८१, शनिबार
राजनीति

एकीकृत समाजवादीको सचिवालय र स्थायी कमिटी बैठक बस्दै

२९ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय र स्थायी कमिटी बैठक आज बस्दैछ।

सचिवालय बैठक बिहान साढे १० र स्थायी कमिटी बैठक साढे ११ बजे बस्ने तय भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टीको दशौं महाधिवेशन र समसामयिक राजनीतिबारे आजका दुवै बैठकमा छलफल हुने बताइएको छ । खतिवडाका अनुसार केन्द्रीय सचिवालय बैठकमा स्थायी कमिटी बैठकको सञ्चालन र एजेण्डाबारे छलफल हुनेछ भने स्थायी कमिटीले पनि आसन्न पहिलो महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज, विधान र सांगठनिक दस्तावेजमाथि छलफल गर्नेछ ।

एकीकृत समाजवादीले असार १० देखि १६ गतेसम्म काठमाडौंमा महाधिवेशनको तयारी गरेको छ। यस्तै, केन्द्रीय कमिटी बैठक वैशाख ३१ र जेठ १ गते बस्ने एकीकृत समाजवादीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्