४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

त्रिभुवन विमानस्थलबाट कपडामा लेपन गरिएको सुन बरामद

३१ वैशाख, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कपडाभित्र लेपन गरेर ल्याएको सुन बरामद गरेको छ । दुबईबाट आएको भारतीय नागरिकको साथबाट सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका अधिकृतले जानकारी दिए ।

अन्डवेयर, हुडी र पाइन्टमा लेपन गरिएको सुनसहित कपडाको तौल ५ केजी १ सय ग्राम मापन गरिएको छ ।

कपडा र सुन छुट्याएपछि मात्र यकिन तौल आउने अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

आइतबार साँझ भारतीय नागरिकहरू फ्लाई दुबईबाट काठमाडौँ ओर्लिएका हुन् ।

भन्सार जाँचपास पार गरेपछि विमानस्थल सुरक्षा कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्