उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले दिए राजीनामा
३१ वैशाख, काठमाडौं । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । उनले सोमबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका हुन् ।
आइतबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि यादव सरकार छाड्ने मनस्थितिमा पुगेका थिए ।
अघिल्लो साता जसपा नेपाल विभाजनसँगै अशोक राई पक्ष समेत प्रचण्ड सरकारमै रहेपछि आइतबार विहान यादवले प्रधानमन्त्रीसँगको भेटमा सरकार छाड्ने चेतावनी दिएका थिए ।
पुनर्गठित प्रचण्ड सरकारमा उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्ने गरी उपप्रधानमन्त्री थिए ।
हेर्नुहोस् राजीनामा पत्र :
प्रतिक्रिया दिनुहोस्