३ आश्विन २०८१, बिहीबार
कोशी प्रदेस समाचार राजनीति

कांग्रेसले बहिष्कार गर्‍यो कोशी प्रदेश सभाको बैठक

३१ वैशाख, विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेश सभाको बैठक बहिष्कार गरेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको सोमबारको बैठक कांग्रेसले बहिष्कार गरेको हो ।

नेपाली कांग्रेसका सांसद भीम पराजुलीले आजको बैठक बहिष्कार गरिएको बताए । भामुखले कांग्रेसको उपस्थित विनै प्रदेश सभा बैठक अगाडि बढाएका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नियुक्ति असंवैधानिक तरिकाले भएको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ । हिक्मतको नियुक्तिविरुद्ध नेपाली कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिटसमेत दायर गरेका छन् ।

उक्त रिटमा सुनुवाइ गर्न ९ जेठमा पेशी तोकिएको छ । कांग्रेसले मुद्दा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिन नहुने अडान लिएको छ ।

९ जेठपछि मात्रै प्रदेश सभाको बैठक आह्वान गर्न कांग्रेसले मागसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्