३ आश्विन २०८१, बिहीबार
पर्यटन प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

अपिहिमालमा ट्रेकिङ प्रवर्द्र्धन अभियान

१ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो हिमाल अपिहिमालको प्रवद्र्धनर्को लागि अपिहिमाल वेसक्याम्पसम्म ट्रेकिङ गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र युएनडीपीको संयुक्त लगानीमा संचालित परियोजनाएसटीएलआरपीका प्रतिनिधि तथा पर्यटन व्यवसायीहरुको सहभागितामा हालै अपिहिमाल गाउँपालिकामा अविस्थत अपिहिमाल आधार शिविरसम्मको ट्रेकिङ सम्पन्न भएको हो ।

अपि हिमाल आधार शिविर सुदूरपश्चिम क्षेत्रकै एक प्रमुख आकर्षण पर्यटकीय गन्तव्य हो । गुराँस हिमश्रृंखलामा अवस्थित७ हजार १३२ मिटरको उचाइमा रहेको अपि हिमाल नजिकै नाम्पा, बबईया, जेठीबहुरानी, कापोचुली जस्ता थुप्रै हिमालहरु पनि छन् ।

मौसम अनुसारनिलो र हरियो रंगमा परिणतहुने कालिढुङ्गा ताल अनि राईदुंगी ताल जस्ता थुप्रै तालतलैया पनि त्यस क्षेत्रमा पर्दछन् । अपि हिमालको काखमा रहेको चमेलिया नदीलाई धार्मिक मान्यता अनुसार भगवान शिवको शिरबाट बगेको गङ्गा नदी मानिन्छ । यहाँकागाउँबस्तिहरुकोछुट्टै सुन्दरता छ ।

कसरी जाने अपि हिमाल ?

चमेलीया नदीको मुहान भएर अपि हिमाल अपि बेस क्याम्प जान काठमाडौंबाट धनगढीसम्मको हवाई तथा अत्तरियाबाट अपिहिमाल गाउँपालिकाको मकरीगाडसम्म २७१ किमी मोटरबाटोको यात्रा गर्न सकिन्छ । मकरीमाडदेखि बेस क्याम्पसम्म दुई दिन पैदल यात्रा गर्नुपर्छ ।मकरीगाडदेखि अपिहिमाल गाउँपालिकाको वडा नं ४ खण्डेश्वरीबाट र वडा नं २ बला हुँदै बेसक्याम्प जान सकिन्छ । त्यहाँबाट तीन दिनमा पुनः धनगढि फर्किन सकिन्छ ।

बाटोमा वडा नं ४ को नौपाटा र वडा नं २ को सितिमा होम स्टेको व्यवस्था छ । बेस क्याम्प जाँदा सिमार र धौलीओडारमा पर्यटकलाई आराम गर्न आश्रय भवनको व्यवस्था छ ।
मकरीगाढदेखि उकालो लाग्दा ४ हजार पाँच सय सिढिं चढेर मकरीकोट डाँडोमा पुग्न सकिन्छ ।टाढाबाट हेर्दा यो चीनको ग्रेटवाल जस्तै लाग्छ । स्थानीयहरु यसलाई मिनी ग्रेटवाल पनि भन्ने गर्दछन् । राजा जतार सिंहको पालामा घोडा सवारको लागि बनाएको बाटोलाई सिँडी बाटोको रुपमा विकास गरिएको र योरमणीय पदमार्गको रुपमा प्रचलित भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले बताए ।

“विकट भएर पनि प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले भरिएको दार्चुलामा अपि हिमालको प्रवद्र्धनले पर्यटक आगमन बढ्ने विश्वास छ,” अध्यक्ष बोहराले भने ।

मल्देशी संस्कृति

यहाँमौलिक भाषाको गीत र पहिरनमा नाचिने संस्कृति, परम्परा अनि भेषभूषाको पनि छुट्टै आकर्षण छ । खण्डेश्वरीमा बाइसे चौबिसे राज्य व्यवस्था भएको समय देखिनै चलिआएको मल्देशी संस्कृतिको पहिरन र चाहाई नाचको सुन्दरता यहाँको अर्को विशेषता हो । अहिले पनि यो गाउँपालिकाको अधिकांश गाउँघरमा घरेलु सीप र कलाबाटै भेडाको ऊन, भाङग्रो जस्ता घरेलु उत्पादनबाट आफ्नो पहिरन निर्माण गरेको दृश्यहरुदेख्न पाईन्छ । यो सँगै विश्वमै दुर्लभ जडिबुटी यार्सागुम्बा पाइनु यस गाउँपालिकाको अर्को विषेशता हो ।

पर्यटकीय सूचना केन्द्र

त्यता जाने पर्यटकको यात्रा सजिलो पार्न गाउँपालिकाको मकरीगाडमा पर्यटकीय सूचना केन्द्र खोलिएको छ । त्यहींनेर कोशेली घर पनि छ । नेपाल पर्यटन बोर्ड तथा युएनडिपिको सहकार्यमा संचालित जीविकोपार्जन पुनःरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी) र अपिहिमाल गाउँपालिका दार्चुलाको सहकार्यमा अपिहिमाल ४ मकरीगाड्मा सूचना केन्द्र निर्माण गरिएको हो ।पालिकाका अध्यक्ष बोहराले सूचना केन्द्र र कोशेलीको उद्घाटन गरेका थिए । अपि हिमालको म्याप समेत विमोचन गरिएको छ ।

ट्रेकिङमै सहभागी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकृत गुणराज भट्टराइले अपिहिमालट्रेकिङ पर्यटनको लागि राम्रो उत्पादन भएको बताए ।एसटिएल आरपी परियोजनाका निमित्त प्रवन्धक धर्म दवाडीले परियोजनाले पालिकासँगको सहकार्यमा सूचना केन्द्र तथा कोशेलीघर निर्माण मकरीगाडदेखि अपिहिमाल वेशसक्याम्प्सम्म विभिन्न स्थानमा काठेपुल निर्माण,पर्यटक सूचना बोर्ड,फोहरमैला व्यवस्थापन लगायतका कार्य गरेको बताए ।

नाटाका सुदूरपश्चिम अध्यक्ष पदम विक्रम सिंहले सुदूर पश्चिममा पर्यटनकासम्भावना रहेकोमा अपि हिमाल ट्रेकिङनयाँ पर्यटकीय प्रडक्ट थपिएको बताए ।

प्रतिक्रिया दिनुहोस्