३ कार्तिक २०८१, शनिबार
मुख्‍य समाचार राजनीति

कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

१ जेठ, काठमाडौं । नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गर्न दिने भएको छ । आज बिहान बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने तर त्यसमाथिको छलफल गर्न नदिने रणनीति कांग्रेसले अपनाएको छ ।

आज दिउँसो तीन बजे बस्ने संघीय संसदको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति गठन नभए नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने चेतावनी कांग्रेसले दिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेताहरुलाई आज बिहान बालुवाटारस्थित निवासमा बोलाएर सहकारीका समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै संसद अवरोध नगरिदिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्