४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति

नीति तथा कार्यक्रमले क्रमिक सुधारको बीउ रोप्योः स्वर्णिम वाग्ले

१ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम बजेटसँग तादाम्यता हुने गरी आएको बताएका छन् ।

मंगलबार सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रम माथि टिप्पणी गर्दै क्रमिक सुधार गर्ने गरी आएको वाग्लेले बताए ।

‘दर्जनौं क्रमिक सुधारका विउँहरु यसपटक राखिएको छ । बजेटसँग लिंकेज हुने सम्भावना ह्वात्तै बढ्यो,’ संसदबाट बाहिरिने क्रममा पत्रकारलाई प्रतिक्रिया दिँदै भने,‘बजेट आइसके पछि कार्यान्वयनमा जाने पनि सम्भावना पनि ह्वात्तै बढेको छ ।’

पहिले पहिले ठूला ठूला कुरा गर्ने तर त्यस अनुसारको बजेट नआउँदा तादाम्यता नमिलेको उनले बताए । १५ जेठमा आउने बजेटबाट नीति तथा कार्यक्रम कार्यान्वयन हुने ढोका खोल्ने उनले बताए ।

नीति तथा कार्यक्रमले सुधारको जग बसालेको र यसमा टेकेर बजेट आउने बताए ।

प्रतिक्रिया दिनुहोस्