३ आश्विन २०८१, बिहीबार
प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति

भागबण्डा मिलाउन बागमतीमा मन्त्रालय फुटाइयो

२ जेठ, हेटौंडा । बागमतीमा सत्ता साझेदार दलहरुबीच भागबण्डा मिलाउन मन्त्रालय विभाजन गरिएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय गरेको एक मन्त्रीले बताए ।

नयाँ मन्त्रालय खडा गरेपछि डेढ महिनादेखिबिना विभागीय मन्त्री रहेकी एकीकृत समाजवादीकी नेतृ रमा आलेमगरले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

१९ चैतमा मन्त्री नियुक्त भएकी एकीकृत समाजवादीकी नेतृ आले झण्डै डेढ महिनादेखि मन्त्रालयविहीन थिइन् । उनलाई जिम्मेवारी दिन माओवादी नेतृ कुमारी मोक्तानले सम्हालिरहेको सामाजिक विकास मन्त्रालय फुटाइएको हो ।

१२ सदस्यीय रहेको बागमती मन्त्रिपरिषद मन्त्रालय विभाजनपछि १३ सदस्यीय भएको छ ।

प्रतिक्रिया दिनुहोस्