४ आश्विन २०८१, शुक्रबार
खेलकुद मुख्‍य समाचार

पञ्जाब किंग्ससँग राजस्थान रोयल्स ५ विकेटले पराजित

३ जेठ , काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा दोस्रो स्थनमा रहेको राजस्थान रोयल्सले लगातार चौथो हार बेहोरेको छ । राजस्थानले प्लेअफमा स्थान पक्का गरेपनि शीर्ष २ मा रहन नसक्ने खतरा पनि बढेको छ । आइपीएलमा कोलकाता नाइटराइडर्सले मात्रै शीर्ष २ मा रहेन पक्का गरेको छ ।

अब शीर्ष २ मा रहनका लागि राजस्थानले अन्तिम खेल जित्नु पर्छ । यस्तोमा १८ अंक हुनेछ, तर सनराइजर्स हैदरावादसँग पनि दुई खेल बाँकी रहँदा १८ अंक पुग्ने मौका छ र यसको नेट रनरेट पनि राम्रो छ । यस्तो अवस्थामा शीर्ष २ मा पुग्न राजस्थानले आफ्नो जितसँगै हैदरावादको हारमा भर पर्नु पर्नेछ ।

बुधबार राति गुवाहाटीमा भएको खेलमा पञ्जाब किंग्सले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको छ । पहिले खेल्दै राजस्थानको टोलीले २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको थियो । जवाफमा पञ्जाबले १८.५ ओभरमा १४५÷५ रन बनाएर लक्ष्य पुरा गर्यो । यो सिजनमा पञ्जाबको पाँचौं जित हो र टोली १० अंकसहित अंक तालिकाको नवौं स्थानमा पुगेको छ । योसँगै राजस्थान अझै दोस्रो स्थानमा छ तर शीर्ष २ मा रहेको लिग चरणमा पुग्ने उसको आशामा धक्का लागेको छ ।

१४५ रनको लक्ष्य पछ्याउँदा पञ्जाब किंग्सको सुरुवात खासै हुन सकेन र ओपनर प्रभसिमरन सिंह पहिलो ओभरमा ६ रन बनाएर ट्रेन्ट बोल्टले आउट भएका थिए । रिले रुसोले केही राम्रा शट खेले तर उनले ठूलो इनिङ्स खेल्न सकेन र १३ बलमा ५ चौका प्रहार गर्दै २२ रन बनाएर ३६ रनमा आउट भए ।

चालू सिजनमा सबैलाई प्रभावित पारेका शशांक सिंहले निराश बनाए । उनले खाता पनि खोल्न सकेनन । सोही क्रममा जोनी बेयरस्टो पनि आठौं ओभरमा १४ रन बनाएर पभेलियन फर्किए । यसरी पञ्जाब किंग्सको टोलीले ५० रनमै चार महत्वपूर्ण विकेट गुमाएको थियो ।

कप्तान साम कुरानले जितेश शर्मासँगै इनिङ्सलाई अगाडि बढाए । दुवैले पाँचौं विकेटका लागि ६३ रनको साझेदारी गर्दै स्कोरलाई १०० भन्दा माथि पुर्याएका थिए । जितेशको आउटसँगै यो साझेदारीको अन्त्य भयो ।

उनी २२ रनको इनिङ्स खेलेर १६औं ओभरमा आउट भए । करणले ३८ बलमा अर्धशतक पूरा गर्दै ४१ बलमा ६३ रनको अविजित इनिङ खेल्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए । इम्प्याक्ट खेलाडी आशुतोष शर्माले पनि अविजित १७ रन बनाए । राजस्थान रोयल्सका आवेश खान र युजवेन्द्र चहलले सर्वाधिक २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले निकै निराशाजनक ब्याटिङ गरेको थियो । रियान परागबाहेक कुनै पनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् र त्यही कारण टोलीको स्कोर १५० रन पनि पुग्न सकेन ।

परागले ३४ बलमा सर्वाधिक ४८ रन बनाए र चालू सिजनमा ५०० भन्दा बढी रन बनाउने पहिलो अनक्याप ब्याट्सम्यान बने । उनी बाहेक रविचन्द्रन आश्विनले पनि १९ बलमा २८ रनको महत्वपूर्ण इनिङ खेले । पञ्जाब किंग्सका लागि साम कुरनले पनि उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिए । हर्षल पटेल र राहुल चाहरले पनि दुई–दुई विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्