४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति

कांग्रेसकाे अवराेधपछि राष्ट्रिय सभा बैठक स्थगित

३ जेठ , काठमाडौ । राष्ट्रिय सभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ।

बैठक सुरू भए लगत्तै कांग्रेसका सांसदहरूले उठेर विरोध गरेपछि राष्ट्रिय सभा अध्यक्षले संसद बैठक शुक्रवार सम्मका लागि स्थगित गर्नुभएको हो ।

सो क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको ७ वर्षको इतिहासमा नयाँनयाँ पन देखिन थालेको महशुस भएको बताए । उनले राष्ट्रिय सभामा बिरोध गर्नेकुराले सबैलाई अफ्ठ्यारो भएको र बाहिर नयाँ किसिमको परिचर्चा शुरु भएको बताए।

उनले भने, ‘राष्ट्रिय सभाको ६ वर्ष पूरा भएर ७ औं वर्षको इतिहासमा नयाँ नयाँ पन देखिन थाल्यो । यसले अलि अफ्ठ्यारो पनि भइरहेको छ । सबैलाई यो अफ्ठ्यारो भइरहेको छ । बाहिर पनि नयाँ नयाँ चर्चा परिचर्चा चलिरहेको स्थिति छ ।

मान्य सदस्यहरुले जुन विषयवस्तु उठाइरहनुभएको छ, यसमा सरकारको ध्यानाकर्षण भएको छ जस्तो लाग्छ, गृहकार्य पनि भइरहेको छ । जिम्मेवार ठाउँमा बसेका हामीले अध्यादेश आइसकेपछि पहिलो दिन नै पेश गर्नुपर्ने, कामकारबाही अघि बढाउनुपर्ने त्यो काम पनि रोकिएको छ ।

नेपालको सिंगो संसदीय इतिहासमा स्म्माननीय राष्ट्रपतज्यिुले सम्बोधन गरेको विषयलाई त्यसकै सानो अंश धन्यवाद दिनुपर्ने कुरा पनि दिन पाएका छैनौँ । यसले बाहिर सन्देश कस्तो गएको छ, त्यो अनुमान गर्नुभएकै छ । यसले गम्भीर बनाएको छ ।’

अध्यक्ष दाहालले नेपाली काँग्रेसलाई सभा सहज रुपमा अघि बढाउनका लागि भुमिका खेल्न पनि आग्रह गरे । .

प्रतिक्रिया दिनुहोस्